Select Language:


Log In Email

Notice & Events

कक्षा संचालन सम्बन्धी सूचना

2020/12/6

Download File

कक्षा संचालन सम्बन्धी सूचना

 

उपर्युक्त विषय सम्बन्धमा कोरोना भाईरस (कोभिड-१९)का कारण क्याम्पसमा पठन पाठन स्थगित भएको ब्यहोरा सबैलाई विदित नै छ।क्याम्पस सञ्चालक समितिको मिति २०७७।०८।२० को निर्णय अनुसार प्रथम, दोस्रो र तेस्रो वर्षका कक्षाहरु भौतिक दुरी कायम राख्दै स्वास्थ्य सतर्कताका साथ यही मिति २०७७।०८।२२ बिहान ६ः३० देखि तपसिलको तालिका अनुसार सुचारु हुने भएकाले सम्बन्धित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी गराईन्छ।

तपसिल

 बार

वि.वि.एस. संकाय तर्फ

वि.एड. संकाय तर्फ

आइत

प्रथम वर्ष (रोल नं १-३०), दोस्रो वर्ष (रोल नं १-३०) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (अंग्रेजी,नेपाली), दोस्रो वर्ष(स्वास्थ्य),तेस्रो वर्ष सबै

सोम

प्रथम वर्ष (रोल नं ३१ देखी माथी), दोस्रो वर्ष (रोल नं ३१ देखी माथी) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (स्वास्थ्य), दोस्रो वर्ष(अंग्रेजी,नेपाली),तेस्रो वर्ष सबै

मंगल

प्रथम वर्ष (रोल नं १-३०), दोस्रो वर्ष (रोल नं १-३०) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (अंग्रेजी,नेपाली), दोस्रो वर्ष(स्वास्थ्य),तेस्रो वर्ष सबै

बुध

प्रथम वर्ष (रोल नं ३१ देखी माथी), दोस्रो वर्ष (रोल नं ३१ देखी माथी) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (स्वास्थ्य), दोस्रो वर्ष(अंग्रेजी,नेपाली),तेस्रो वर्ष सबै

बिही

प्रथम वर्ष (रोल नं १-३०), दोस्रो वर्ष (रोल नं १-३०) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (अंग्रेजी,नेपाली), दोस्रो वर्ष(स्वास्थ्य),तेस्रो वर्ष सबै

शुक्र

प्रथम वर्ष (रोल नं ३१ देखी माथी), दोस्रो वर्ष (रोल नं ३१ देखी माथी) र तेस्रो वर्ष सबै

प्रथम वर्ष (स्वास्थ्य), दोस्रो वर्ष(अंग्रेजी,नेपाली),तेस्रो वर्ष सबै

 

कक्षामा उपस्थित हुने विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरुः

·        प्रत्येक विद्यार्थीले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने।

·        सामाजिक दुरी कायम गरी कक्षा कोठामा बस्नुपर्ने।

·        समूहमा जम्मा हुन वा भेटघाट गर्न नपाईने।

·        क्याम्पस गेटबाट प्रवेश पश्चात अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने।

·        बेला बेलामा सेनिटाईजरको प्रयोग गर्नुपर्ने वा साबुन पानीले हात धुनुपर्ने।

Back to top